वैखरी अनलाईन : कपिलवस्तु उद्योग वाणिज्य संघले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । संघले शुक्रबार आन्तरिक राजस्व कार्यालय कृष्णनगर र घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको समन्वयमा उक्त कार्यक्रम गर्न लागेको हो ।
संघको सभाहल चारनम्बरमा हुने कार्यक्रममा सम्पूर्ण साना तथा ठूला करदाता उद्योगी व्यवसायीलाई उपस्थित हुन आग्रह गरिएको छ । विभिन्न कर छुट तथा परिवर्तित कर प्रणालि लगायतको विषयमा ज्ञान गर्न कार्यक्रम महत्वपूर्ण सावित हुने संघका महासचिव मनोज पौडेलले बताए ।
शुक्रबार ठिक विहान ११ देखि कार्यक्रम संचालन हुने महासचिव पौडेलले जानकारी दिए ।








