कपिलवस्तु : कपिलवस्तुमा एक महिला हराएकी छिन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ६ बर्मेलीटोल निवासी अन्दाजी ३५ बर्षिय तुल्सी परियार यही कात्तिक ६ गते शनिवार दिउँसो २ बजे देखी हराएकी हुन् ।
बाणगंगा नगरपालिका वडा नं ६ गैरीगाउँ माइतीघर भएकी परियार शनिवार एक्कासी हराएपछी परिवारजनमा चिन्तित भएका छन् । अन्दाजी ५ फिट उचाई र गहुँगोरो बर्ण हुलिया रहेको परियारलाई खोजिदिन परिवारले सम्पूर्णमा आग्रह गरेको छ । निजलाई कतै भेटाएमा श्रीमान् सन्तबहादुर दमाई वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न परिवारले अनुरोध गरेको छ ।
यस्तै उता कपिलवस्तुका एक बालक ६ दिन देखि हराएका छन् । जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ४ बस्ने भरत कुवरको छोरा वर्ष १५ को हरि कुवर यही कार्तिक ७ गते साझ ६ बजे देखि घर नआएको पारिवारिक श्रोतले जनाएको छ ।

गहु गोरो वर्णको, टि शर्ट कालो पाइन्ट, चप्पल लगाएको अन्दाजी साढे ४ फिट उचाई भएका हरिलाई कहि कतै भेटेमा सम्पर्क गर्न सम्पर्क गर्नपनि बुवा भरत कुवँरले आग्रह गर्नुभएको छ ।








