गृहपृष्ठ Featured महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भयो- ओली

महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भयो- ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । थप गर्न मिल्ने ६ महिनामा पनि गर्न सकेन,’ ओलीले भने, ‘कांग्रेस बुढो भयो, विचारले पनि बुढो छ । महाधिवशेन गर्न नसक्नेले पार्टीले एमालेले प्रतिस्पर्धा गर्न सक्दैन ।’ उनले एक महिनाअघि विधान महाधिवेशन गरेको एमालेले मंसिर १० देखि १२ हुने महाधिवेशनमा ठूलो कार्यक्रम गर्न बताए ।

उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटाको कार्यक्रममा चर्को आलोचना गरेको थिए ।

सम्बन्धित् समाचार