गृहपृष्ठ Featured गुल्मीमा वार्षिक ५ करोड बराबरको चामल भित्रिँदै

गुल्मीमा वार्षिक ५ करोड बराबरको चामल भित्रिँदै

गुल्मी : गुल्मी जिल्लामा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल अन्य जिल्लाबाट भित्रिने गरेको छ । शुक्रबार ४१ औं खाद्य दिवस मनाउने क्रममा सरोकारवालाहरूले यो तथ्यांक सार्वजनिक गरेका हुन् । कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल जिल्लामा भित्रिने गरेको बताए ।

उनले भने, ‘कार्यालयले यकिन तथ्याङ्क त तयार गरेको छैन तर यहाँको होटल व्यवसायीसँग, चामल व्यवसायीसँगको छलफलमा वार्षिक ५ करोड बराबरको मसिना चामल गुल्मीमा आयात हुने गरेको पाइएको छ ।’ जिल्लामा मोटा चामल बढी उत्पादन हुने भएकाले मसिनो चामल बाहिरबाट ल्याउने गरिएको उनको भनाइ छ । उनका अनुसार गुल्मीमा आर्थिक वर्ष २०७७÷०७८ मा ३० हजार मेट्रिकटन धान फलेको थियो ।

गुल्मीमा गत वर्ष २४ हजार ४४५ हेक्टरमा ५८ हजार २६९ मेट्रिक टन मकै उत्पादन भएको पनि उनले जानकारी दिए । जिल्लामा मकै पहिलो बाली भएको उनले बताए । दोश्रो बालीका रुपमा कोदो रहे पनि पछिल्लो समय कोदो खेती गर्ने कृषकको संख्या घट्दो रहेको उनको भनाइ छ ।

सम्बन्धित् समाचार