गृहपृष्ठ Featured आफ्नै पार्टीको सरकारलाई नेविसंघको चेतावनी !

आफ्नै पार्टीको सरकारलाई नेविसंघको चेतावनी !

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मुल्य वृद्धिको विरोध गरेको छ। सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकाल्दै चाडपर्वका बेलामा मुल्य वृद्धि भएको भन्दै विरोध जनाएका हुन्।

सरकारले हस्तक्षेप गरेर आयल निगमले बढाएको मुल्य फिर्ता गर्नुपर्ने नेविसंघको माग छ। ‘सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

इन्धनको मुल्य बढ्दा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुने भएकाले मुल्य वृद्धि फिर्ता लिनुपर्ने नेविसंघको माग छ।

संगठनले बढेको मुल्य फिर्ता नभए आन्दोलनको चेतावनी समेत दिएको छ। मुल्य वृद्धी गर्ने निर्णय खारेज नभए कडा कदम चाल्ने नेविसंघले बताएको छ। -रासस

 

सम्बन्धित् समाचार