कपिलवस्तु : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) कपिलबस्तुले संगठन विस्तार एवम सुदृढीकरण अभियानलाई तिव्रता दिएको छ । जसअन्तर्गत आज आईतवार शुद्धोधन गाउँपालिकामा अवस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा प्रशिक्षणसँगै नरेन्द्र धोविको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्ष गिता चाई, सचिव सुनिल यादव, कोषाध्यक्ष पुजा धोवि ,सहसचिव साधना कुर्सी ,सह सचिव दिनेश यादव रहेका छन् ।
कार्यक्रममा शुद्धोधन गाउँ कमिटीका अध्यक्ष गोरखनाथ यादवको अध्यक्षता , जिल्ला अध्यक्ष हरिश चन्द्र खनालको प्रमुख आतिथ्यता रहेको थियो ।








