दाङ : दाङ प्रहरीले चार लाख बढी नगदसहित २० जनालाई जुवाको खालबाट पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नं। १८ रझेनाबाट गएराती १० बजे जुवा खेलिरहेका २० जनालाई चार लाख ६४ हजार ८ सय ८१ रुपैयाँसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा घोराही १८ का २४ वर्षीय यज्ञ बहादुर खड्का, १४ का २९ वर्षीय लाल बहादुर हमाल, ४२ वर्षीय प्रमोद गौतम, १५ का ५१ वर्षीय जितबहादुर गिरी, ५० वर्षीय रविन श्रेष्ठ, ५७ वर्षीय महाबिर वली र २८ वर्षीय मान बहादुर बुढा रहेका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका १५ का ४६ वर्षीय शुभाष धिताल ९हाल घोराही बस्ने०, ४२ वर्षीय यज्ञ प्रताप बस्नेत, ५२ वर्षीय कुलराज वली, तलुसीपुर १६ बस्ने २४ वर्षीय छवी गिरी, १५ बस्ने ५७ वर्षीय सरद लामिछाने, ४२ वर्षीय धुर्व केसी, १९ बस्ने ५६ वर्षीय ईन्द्रबहादुर राइमाझी र १४ बस्ने ३६ वर्षीय कमल घर्ती मगर रहेका छन् ।
त्यसैगरी तुलसीपुर ४ बस्ने ६२ वर्षीय पूर्ण अधिकारी, ५ बस्ने ५६ वर्षीय केशव बहादुर पछाई, १५ बस्ने ५२ वर्षीय चेतनाथ धिताल, रोल्पाको रुन्टिगढी गाउँपालिका २ बस्ने २४ वर्षीय रुपलाल वि।क। र सर्लाही जिल्लाको लालवन्दी नगरपालिका वडा नं। १२ बस्ने ४८ वर्षीय समिर लामा रहेका छन् ।
अवैध रुपमा हारजित हुने गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी अधिकृतको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट पैसासहित १६ थान कौडा, एन्ड्रोयड मोवाइल १५ थान, कि प्याड मोबाइल ६ थान र कार्पेट, सेतो झोला प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताउनुभयो ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम जुवातास खेलेको पहिलो पटक भेटेमा ३ महिनासम्म कैद वा ३० हजार जरिवाना र दोस्रो पटकमा १ वर्षसम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।








