गृहपृष्ठ Featured टी-२० विश्वकप : इङ्ग्ल्यान्डको लगातार चौँथो जित

टी-२० विश्वकप : इङ्ग्ल्यान्डको लगातार चौँथो जित

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा इङ्ग्ल्यान्डले श्रीलंकालाई हराएको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इङ्ग्ल्यान्डले जारी विश्वकपमा लगातार चौँथो जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका ६ बल बाँकी छँदा अल आउट हुँदै १३७ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको इङ्ग्ल्यान्डका लागि जोस बट्लरले अभिजित रहँदै शतक प्रहार गरे। बट्लरले ६७ बलमा ६ चौका र ६ छक्काको मद्दतले १०१ रन बनाए। विश्वकपमा बट्लरको यो पहिलो शतक हो। त्यस्तै, इयोन मार्गनले ४० रन बनाउँदा जेसन रोयले ९ र दाविद मलानले ६ रन जोडे।

बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिँदा दशमन्थ चमीराले १ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाका लागि वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाउँदा भानुका राजापाक्षे र धसुन शानाकाले २६र२६ तथा चरिथ असलंकाले २१ र अविश्का फर्नान्डोले १३ रन जोडे।

इङ्ग्ल्यान्डका मोइन अली, अदिल राशिद र क्रिश जोर्डनले २र२ तथा क्रिश ओक्स र लियम लिभिङस्टोनले समान १र१ विकेट लिए।

सम्बन्धित् समाचार