सागर वि.क (वैखरी अनलाईन) : स्वतन्त्र विधार्थी युनियन (स्ववियु) सिद्धार्थ क्याम्पसले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्ववियुले आज मंगलबार क्याम्पसको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले विधार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न आग्रह गर्दै सिद्धार्थ क्याम्पसका विधार्थीहरुसंग अन्तरक्रिया गर्न चाहेको बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रजिअ पाण्डेले आफुले विधार्थी जीवनमा अनुभव गरेका कुराहरु अभिव्यक्त गर्दै निरन्तर परिश्रम गरे एकदिन अवश्य सफल भईने बताउनुभयो । प्रजिअ पाण्डेले नेपालीहरुको दोस्रो ठुलो चाड शुभदिपावलीसंगै छठ पर्वको शुभकामना दिदैं आफ्ना संस्कृति, चालचलन, परम्परालाई जर्गेना गर्ने दायित्व सबैको भएको बताउनुभयो । प्रजिअ पाण्डेले विधार्थीलाई स्नातक तह उतीर्ण गरी प्राप्त भएपछि मात्र विवाह गर्न सुझाव दिनुभएको छ । ‘तपाईहरुको अहिले माया प्रेम होला तर अहिले विहे नगर्नुस्, प्रजिअ पाण्डले अगाडि भन्नुभयो ‘पहिले स्नातक तह उतीर्ण गरेर मात्र विवाह गर्नुस्’
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस व्यवस्थापन समिति अध्यक्ष झविलाल पोख्रेलले विधार्थीको हकअधिकारको लागी मात्र राजनिति गर्न आग्रह गर्नुभयो । अध्यक्ष पोख्रेलले शुभदिपावली तथा छठ पर्वको शुभकामना दिदै विधार्थीहरुलाई पढाईमा लगनशील हुदै आफ्नो गन्तव्य तर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियु सभापति सुसील खत्रीले विधार्थीको हकअधिकारको लागी आफुले निरन्तर आवाज उठाउदैं आएको बताउनुभएको छ । क्याम्पसमा विधार्थीहरुको सेवासुविधाको लागी विगतदेखि नै पहली कदम चालेको भन्दै सभापति खत्रीले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विधार्थीहरुको सर्वाङगीण विकासका लागी स्ववियुले क्याम्पसमा धेरै महत्वपूर्ण काम गरेको सभापति खत्रीको दाबी छ ।








