तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।
मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन तालिमप्राप्त कुकुरले पूजाअघि विभिन्न कला प्रदर्शन देखाएको छ। गुल्मका विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो। प्रदर्शनीपछि सबै कुकुरको पूजा गरिएको गुल्मले जनाएको छ।













