काठमाडौं : चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवन पुगेका छन् । मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ ।
भरतपुर महानगरपालिकास्थित १३२र११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।
विद्युत आपूर्ति सुचारु गराउनका लागि प्राविधिकहरुले काम गरिरहेपनि ढिलाइ भएपछि घिसिङ आफैं बुधबार मध्यान्ह भरतपुर पुगेका हुन् । उनले समस्याबारे जानकारी लिएर सकेसम्म छिटो विद्युत आपूर्तिको व्यवस्था गर्न छलफल र पहल गर्ने प्राधिकरणले बताएको छ ।








