गृहपृष्ठ Featured जाजरकोटमा गाडी दुर्घटना : दुई जनाको मृत्यु

जाजरकोटमा गाडी दुर्घटना : दुई जनाको मृत्यु

जाजरकोट : बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त मिनी ट्रकमा १० जना सवार रहेका थिए।

जसमध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। मृतक एक जनाको नाम दिलबहादुर शाही रहेको र अर्कोको नाम खुलेको छैन। उनीहरु ठेगानासमेत खुलेको छैन।

घाइते हुनेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्। घाइते धनबहादुर चालक रहेका छन्। राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ। -रासस

 

सम्बन्धित् समाचार