गृहपृष्ठ Featured पाल्पामा लडेर एक वृद्धको मृत्यु

पाल्पामा लडेर एक वृद्धको मृत्यु

पाल्पा : पाल्पाको तानसेन नगरपालिका–१० नयाँपाटीका ७१ वर्षीय उदय सारूको लडेर मृत्यु भएको छ । उनी घर नजिकै गोरेटो बाटोबाट करिब १५ फिट तल लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

उदय शुक्रवार बिहान ५ बजे मृत अवस्थामा देखेपछि उनका ज्वाइँ पुरन रानाले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरी जनाएको छ ।

सम्बन्धित् समाचार