गृहपृष्ठ Featured १६ हजार ७३६ जनाको परीक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण

१६ हजार ७३६ जनाको परीक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १६ हजार ७३६ जनाको कोरोना भाइरस परीक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको छ। यस्तै, ४८४ जना संक्रमण मुक्त भएका छन्।

यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ६१२ पुगेको छ। संक्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ४५४ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ४३ हजार ३८० जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।

सम्बन्धित् समाचार