वैखरी अनलाईन : कपिलवस्तुमा अबैध रुपमा राखिएको दुई लाख बढीको मल प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएको र बिना ईजाजत नेपाली मल राखि बिक्रि वितरण गरेको भन्दै प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं. ३ तिलौराकोटका ४५ वर्षीय रामचन्द्र केवटको घरबाट मल बरामद गरेको हो । प्रहरीले केवटलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारतीय कम्पनीको १ लाख ३३ हजार बराबरको डिएपी ४७ बोरा, युरिया २८ बोरा र पोटास १ किलोको २० प्याकेट बरामद गरेको छ । त्यस्तै नेपाली कम्पनीको १ लाख ४१ हजार ४ सय ५० रुपैयाँ बराबरको बिना ईजाजत राखिएको ६० बोरा र अन्दाजी ७५ किलो खोलिएको डिएपी मलखाद गरी रु. २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको मलखाद बरामद गरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बरामद गरिएको भारतीय कम्पनीको मलखाद र केवलाई आवश्यक कार्वाहीका लागि सुठौली भन्सार कार्यालय कपिलबस्तु र नेपाली मल आवश्यक कारवाहिको लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय बुटबल पठाईएको छ ।








