गृहपृष्ठ Featured रुपन्देहीका ३८ वर्षीय देबेन्द्रको खोलामा टिप्पर धुने क्रममा करेन्ट लागेर मृत्यु

रुपन्देहीका ३८ वर्षीय देबेन्द्रको खोलामा टिप्पर धुने क्रममा करेन्ट लागेर मृत्यु

नवलपरासी (पूर्व) : खोलामा टिप्पर धुने क्रममा करेन्ट लागेर रुपन्देहीका एक यूवाको मृत्यु भएको छ । पूर्व नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिका ३ स्थित खोरन्डी खोलामा प्र.२–०३–००१ख ५३२० नम्बरको टिपर धुने क्रममा करेन्ट लागेर टिपर रुपन्देहीका ३८ वर्षीय देबेन्द्र नेपालीको मंगलबार मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

निस्दी कन्ट्रक्सन एण्ड सप्लायस प्रालिको उक्त टिपर खोलामा धुने क्रममा पछाडीको ढाला माथि उठाउँदा हाईटेन्सन लाईनको नाङगो तारमा छुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार