गृहपृष्ठ Featured छठ मनाउन आफन्तकोमा आएका दुई भारतीय युवकको खोलामा डुबेर मृत्यु

छठ मनाउन आफन्तकोमा आएका दुई भारतीय युवकको खोलामा डुबेर मृत्यु

मोरङको रंगेलीमा खोलामा डुबेर दुई जना भारतीय युवकको मृत्यु भएको छ ।

रंगेली-६ स्थित भन्सार टोलका सुरेश साहको घरमा छठ मनाउन आएका दुई जना भारतीय युवकको बुधबार साँझ बक्राह खोलामा डुबेर मृत्यु भएको हो ।

खोलामा डुबेर भारतको मध्यपूरा जिल्ला सिंहेश्वरथानाका २१ वर्षीय विट्टु साह र १८ वर्षीय राजा साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।

छठ पूजाका लागि घाट बनाएर खोलामा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको प्रहरी निरीक्ष खड्काले बताए । खोलामा नुहाउने क्रममा डुबेर राजा बेपत्ता भएका थिए भने विट्टु साह घाइते भएका थिए । घाइते विट्टुको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

खोलामा डुबेर बेपत्ता भएका राजाको शव सशस्त्र प्रहरी बल नेपाल कंकालिनी गण मोरङको गोताखोर टोलीले भेटाएको थियो । दुवै जनाको शव पोष्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार