वैखरी अनलाईन : कपिलवस्तुमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध प्रदर्शन गरेका छन् । पार्टीका नेता कार्यकर्ताले शुक्रबार साँझ बाणगंगा नगरपालिका- ८ बोडगाउँमा मसाल जुलुस निकाल्दै विरोध प्रदर्शन गरेका हुन् ।
यद्यपि आयल निगमले बढेको मूल्य फिर्ता नहुने जनाएको छ ।
आयल निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो।
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ भने खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर ७५ रुपैयाँ वृद्धि गरिएको छ।








