काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ। संगठित सदस्यका आधारमा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो।
चितवनमा मंसिर १० देखि १२ मा हुने महाधिवेशनमा १९९९ प्रतिनिधिले सहभागिता जनाउने छन्।
एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन्। चुनावी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिने भएपनि कतिपय स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालले जनाएको छ।
कहाँ को छानिए सर्वसम्मत ?
कपिलबस्तुबाट – विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल।
महिला – शान्ति पाण्डे, प्रभा पौडेल र लक्ष्मी बुढाथोकी न्यौपाने।
दलित – शान्तिदेवी चमार।
गण्डकी प्रदेश कमिटीबाट- सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना।
महिला – पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ।
अर्घाखाँचीबाट – चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी।
महिला – जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य ।
दलित – भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक।
बाग्लुङबाट -इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी,मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल।
महिला- सावित्रा राना, गीता शर्मा र यमुना राना।
दलित – देवकुमार नेपाली र धनबहादुर परियार ।
म्याग्दीबाट – हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा , देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले।
महिला – नरदेवी पुन र थमसरा पुन।
दलित -पुष्कर विक र खरमाया बिटालु ।
मकवानपुरबाट ( कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल।
महिला – जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले।
दलित -नारायण गजमेर।
दोलखाबाट – ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा।
महिला- शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ।
दलित – सुन्दर लामीछाने र टेक घतानी।
सल्यानबाट- गोविन्द कुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल।
महिला -पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी।
दलित – जनक विक।
रोल्पाबाट – कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली।
महिला – जुनमाया बुढा र इश्वरी जिएम।
दलित- रिमा नेपाली।








