वैखरी अनलाइन : कपिलवस्तु जिल्लामा अहिले नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रको चुनावी माहोलले तातेको छ । नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नं. १ (क) को सभापतिमा मगंल प्रसाद थारु नेतृत्वले आज एक कार्यक्रमकाबिच प्यानल घोषणा गरेको छ । बाणगंगाको श्रीपेच होटेल एण्ड रिर्सोटमा भएको कार्यक्रममा सभापति सहित प्रदेश प्रतिनिधिको समेत प्यानल बनाई चुनावी माहोलमा जाने पक्का भएको छ । यद्यपि सहमति र सहकार्यका लागी आफु सदैव तयार रहेको सभापतिका दावेदार मगंल प्रसाद थारुले वैखरी अनलाइनलाई बताए ।
साथै उनले यस क्षेत्रमा काग्रेसलाई थप बलियो बनाउनका लागी पनि आफुलाई जिताउन उनले आग्रह गरेका छन । थारु दशकौबाट राजनिति र सामाजिक सेवामा सक्रिय रहेका छन । थारु १२ औ महाधिवेशनमा वडा सभापति, १३ औँ महाधिवेशनमा नगर सभापतिमा बिजयी भई सकेका छन ।
घोषित प्यानलको उपसभापति कृष्ण बहादुर कार्की र कृष्ण मुरारी ज्ञवाली, सचिवमा दल बहादुर थापा( ईश्वर) रामवलि थारु, सहसचिवमा अब्दुल हक फकिर र पुष्पा थारु रहेका छन । प्रदेश प्रतिनिधि (प्रत्यक्ष महिलामा) लक्ष्मी गौतम ढकाल, लक्ष्मी कडेंल, इन्दीरा तिमिल्सिना, प्रदेश प्रतिनिधि (प्रत्यक्ष पुरुषमा) रामजि सेन, रुक बहादुर भुसाल, टोप नारायण भण्डारी, खडग बहादुर थापा, पशुपति आर्चाय, बुद्धि बहादुर रोकाहा (दिनेश) युवराज केसि रहेका छन ।
त्यस्तै अन्य बिभिन्न कोटामा प्रदेश प्रतिनिधिमा उषा नेपाल, बिनोद घिमिरे, लक्ष्मी थारु, भिखु थारु, दुर्गा प्रसाद चौधरी , भरत कुमार थापा, कृष्ण प्रसाद न्यौपाने, माया परियार र जुवेर अहमद धोवी रहेका छन ।








