गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नं. १ बाट निर्वाचित ८ जना महाधिवेशन प्रतिनिधीलाई प्रमाण पत्र प्रदान

कपिलवस्तु क्षेत्र नं. १ बाट निर्वाचित ८ जना महाधिवेशन प्रतिनिधीलाई प्रमाण पत्र प्रदान

कपिलवस्तु : नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनका लागि कपिलवस्तु क्षेत्र नं. १ बाट निर्वाचित ८ जना महाधिवेशन प्रतिनिधीलाई प्रमाण पत्र प्रदान गरिएको छ । आज एक एक कार्यक्रमका बीच प्रमाण पत्र प्रदान गरेको एमाले बाणगंगाका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभएको हो ।

प्रमाण पत्र वितरण कार्यक्रममा एमालेका केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले मन्तब्य राख्नु भएको थियो । निर्वाचित घोषणा तथा प्रमाण पत्र प्रदान कार्यक्रम निर्वाचन समितिका संयोजक ताराजन घिमिरेको अध्यक्षता, समितिका सदस्य विष्णु पौडेलको स्वागत मन्तब्य, निर्वाचन समितिका उपप्रमुख भिष्मराज भुसालको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, एमाले जिल्ला नेता तथा निर्वाचन समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

सम्बन्धित् समाचार