कोरोना संक्रमण तीन प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आइतबार ९ हजार ६ सय ६ जनाको परीक्षण गर्दा ३ सय ६ जनामा संक्रमण देखिएको छ । संक्रमणदर ३ दशमलव १ प्रतिशत हुन आउँछ । पाँच प्रतिशतभन्दा कम भएमा जोखिम कम भएको मानिन्छ ।

जोखिम कम हुँदै गएको मन्त्रालयको पनि अनुमान छ । ‘केही दिन अझै हेर्नुपर्छ तर विस्तारै जोखिम कम हुँदै गएको छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने, ‘मापदण्ड भने भुल्ने बेला भएको छैन ।’ कोरोनाको दोस्रो लहरमा संक्रमण दर ५१ प्रतिशतसम्म पुगेको थियो ।








