गृहपृष्ठ Featured आज पनि वैकल्पिक बाटोबाट अदालत छिरे प्रधानन्यायाधीश जबरा

आज पनि वैकल्पिक बाटोबाट अदालत छिरे प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक बाटोबाट कार्यकक्ष प्रवेश गरेका छन्। यता नेपाल बार एशोसिएशन भने जबराको राजीनामा माग्दै सर्वोच्चमा धर्नामा छ। आज सर्वोच्चभित्र जुटेका वकिलहरुलाई प्रहरीले सामान्य बल प्रयोग गरेको छ।

बल प्रयोग गर्ने क्रममा प्रहरीले वकिलहरुको माइकसमेत खोसेका थिए। केही समय प्रहरी र वकिलबीच घम्साघम्सी परेको थियो। कानुन व्यवसायीहले प्रधानन्यायाधीश जबरालाई कार्यकक्ष प्रवेश नदिने गरी गेटमा धर्ना बसे पनि जबरा वैकल्पिक बाटोबाट अदालत प्रवेश गरिसकेका छन्।

शुक्रवारबाट बारले प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने प्रयास जारी राखेको हो।

सम्बन्धित् समाचार