गृहपृष्ठ Featured देशभर चिसो बढ्दै

देशभर चिसो बढ्दै

काठमाडौं : नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही वाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

त्यस्तै, राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ० डिग्री र अधिकतम तापक्रम २२ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित् समाचार