वैखरी अनलाईन : पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका १६ जना कार्यकर्ता कपिलवस्तुबाट पक्राउ परेका छन्।
प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीका अनुसार वाणगंगाका ४ नम्बर क्षेत्रबाट ९ जना, गोरुसिंगेबाट १ जना र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न विप्लवका नेतारुहले माग गरेका छन् । नेपाल बन्दका कारण कलिवस्तुका बजार क्षेत्र बिहानैदेखि सुनसान छन्।
जिल्ला प्रहरी कार्यलय तथा इलाका प्रहरी कार्यलयबाट प्रहरीहरु चोकचोकमा परिचालित भएका छन् ।








