गृहपृष्ठ Featured मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

सर्लाही : ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।

उक्त दुर्घटनामा घारिबथानका मोटरसाइकल चालक २२ वर्षीय सुरज मुर्मछान मगर र पछाडि सवार २० वर्षीय मुकेश आलेको मृत्यु भएको हो। सुरजको लालबन्दी र मुकेशको वीरगन्जमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

घारिबथानबाट बाँके चौकतर्फ जाँदै गरेको प्रदेश–२–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको प्रहरीले बताएको छ।

उनीहरु ईश्वरपुरकै सागरनाथमा लागेको मेला भर्न आउने क्रममा सोमबार राति १२ बजेतिर दुर्घटनामा परेका थिए।

सम्बन्धित् समाचार