गृहपृष्ठ Featured कपिलवस्तुमा बन्द गराउँदै हिँडेका २८ जना विप्लवका कार्यकर्ता पक्राउ

कपिलवस्तुमा बन्द गराउँदै हिँडेका २८ जना विप्लवका कार्यकर्ता पक्राउ

कपिलवस्तु : पेट्रोलियम पद्धार्थमा भएको मूल्य बृद्धिको विरोधमा आयोजना गरिएको नेपालबन्द साझ बाट फिर्ता भएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको बन्द साझ ५ बजेबाट फिर्ता भएको विप्लवका जिल्ला इन्चार्ज पदम केसीले जानकारी दिनुभयो । जनताको साथ र सहयोगले बन्द शान्तीपूर्ण रुपमा सफल भएको पनि उहाले बताउनुभयो ।

उहाले बन्दको क्रममा विभिन्न ठाउँबाट पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग गर्नुभएको छ । यस्तै बन्दको प्रभावले दिनभरजसो कपिलवस्तुवासीको जनजीवन प्रभावित भएको छ । सार्वजनिक सवारी साधनको आवगमन ठप्प भएपछि जिल्लावासीको जनजीवन प्रभावित भएको हो ।

यस्तै पेट्रोलिय पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ताको माग गर्दै गरेको नेपाल बन्दको क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासा जंगल नजिकै ढुंगाले हान्दा बसमा सवार एक ब्यक्ति घाईते भएका छन । बिराटनगरबाट दाङ तुल्सिपुर जाँदै गरेको ना ५ ख ४९८९ नम्बरको बसलाई ३ जनाको संख्या रहेको बिप्लवका कार्यकर्ताहरुले बसमा ढुंगा हान्दा उदयपुर गाईघाट नगरपालिका २ का ३२ बर्षिय को लक्ष्मण परियार घाइृते भएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए ।

परियारको ढाडमा सिसाले काटको उनले बताए । उनको चन्द्रौटा हस्पिटलमा उपचार भएको गरिएको थियो । बसको अगाडिको सिसा फुटेका र स्कटिङ गरी पश्चिम तर्फ लगिएको उनले बताए । बन्द गराई हिडने बिप्लवका २८ जना कार्यकर्ता पक्राउ परेको प्रहरी उपरिक्षक कार्कीले बताए ।

नेकपा बिप्लव कपिलवस्तु जिल्ला सचिव कमल के.सी, बाणगंगा नगर समिति सचिव शेरमान थारु सहित २६ जना पुरुष र २ जना महिला पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय पिपरा, ईप्रका चन्द्रौटा, ईप्रका गोरुसिंगे, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेकोे उनले बताए ।

यस्तै बाणगंगाको चारनम्बर क्षेत्र बन्दको कारण सुनसान बनेको थियो । प्राय सबै पसलहरु बन्द रहेको तथा मानिसको आवगमन पनि न्युन रहेको कारण पनि आज बाणगंगका बजार क्षेत्र सुनसान बनेका हुन् ।

सम्बन्धित् समाचार