गृहपृष्ठ Featured सर्वोच्चमा देखिएको विवाद एकदुई दिनमै समाधान हुन्छ- प्रचण्ड

सर्वोच्चमा देखिएको विवाद एकदुई दिनमै समाधान हुन्छ- प्रचण्ड

काठमाडौं : सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिन भित्रै समाधान हुने बताएका छन्। बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर मंगलबार बसेको गठबन्धन समन्वय समितिले सन्तुलित बक्तव्य जारी गरेको प्रष्ट पारे। अध्यक्ष प्रचण्डले अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनको सोही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आआफ्नो ठाउँबाट पहल गर्ने अपेक्षा गरिएको बताए।

‘हिजो हामीले बोल्यौं नि त। हिजो पाँच दलीय गठबन्धनको जो समन्वय समिति छ, त्यसको बैठक बसेको थियो। र त्यो बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भिर ध्यानाकर्षण भएको, त्यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसको निम्ति सबै पक्षले आ–आफनो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौं। हामी एक–दुई दिन आशा गर्छौं कि समस्या अदालत भित्रबाटै समाधान होस्,’ उनले भने।

सो क्रममा प्रचण्डले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति भएको पनि जानकारी दिए।

सम्बन्धित् समाचार