दाङ : वितेको साढे दुई वर्षमा लुम्बिनी प्रदेशका १२ जिल्लामा २ हजार ६ सय २९ वटा सवारी सधान दुर्घटना भएका छन् । जसमा १ हजार १ सय १८ जनाको मृत्यु भएको छ । यो मृत्यु संख्या दैनिक एक जना भन्दा बढी हो । त्यस्तै सोही अवधिमा गम्भीर घाइते हुनेको संख्या पनि ठूलै रहेको छ।
१ हजार ३ सय ५३ जना सामान्य घाइते हुँदा गम्भीर घाइते हुनेको संख्या २ हजार ४ सय ११ जना रहेको छ ।
गम्भीर घाइते हुनु भनेको पहिलेकै सामान्य अवस्थामा फर्कन नसक्ने अवस्था रहेको ट्राफिक प्रहरी बताउँछन् । यसरी दैनिक हुने सवारी दुर्घटनाले सवारी सधानको क्षेति त भयो नै तर कयौँ मानिसले मृत्युवरण गर्नु परेको छ । कयौँ अंगभंग भएको अवस्थामा बाँच्नु परेको छ ।
साना-तिना लापर्वाहीलाई ख्याल गर्न नसक्दा नै सवारी सधान दुर्घटना हुने गरेको सरकारवाला बताउँछन् ।








