गृहपृष्ठ Featured नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिमा देउवानिकट विष्ट निर्वाचित

नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिमा देउवानिकट विष्ट निर्वाचित

नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका पार्टी कार्यसमितिको सभापति पदमा प्रशान्त विष्ट निर्वाचित भएका छन्।

सभापति शेरबहादुर देउवानिकट विष्ट तेस्रोपटक सभापति बनेका हुन्।

विष्टले उपमहानगरकी उपमेयरसमेत रहेकी नेता उमा थापा मगर र अर्का नेता विनोद रिजाललाई हराएका छन्।

विष्टले दुई सय ४३ मत ल्याएर निर्वाचित भए भने उमाले ७० र विनोदले ४१ मत ल्याएका थिए। यहाँ ३८२ मतमध्ये ३७७ मत खसेको थियो।

सम्बन्धित् समाचार