वैखरी अनलाईन : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ ले वडाभित्रका कृषकहरुलाई गहुँको विउ वितरण गरेको छ । कृषकहरुको उत्पादनमा टेवा पुर्याउने उद्देश्यले वडाले गहुँको विउ वितरण गरेको हो । यस्तै वडाले वडाभित्रका सुत्केरी महलिाहरुलाई पौष्ट्रिक आहार प्रदान गरेको छ ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा २० जना बढी सुत्केरी महिलाहरुलाई एउटा लोकल भाले, एक किलो घिउ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रवक्ता समेत रहेका वडा नं.२ का वडाध्यक्ष विष्णु पौडेलले बालबालिका परिवार, समाज र राष्ट्रको भावि आधारस्तम्भ भएकाले उनीहरुको शारिरीक, मानसिक, सामाजिक विकासको लागी पौष्ट्रिक आहार आवश्यक पर्ने भएकाले वडाले पौष्ट्रिक आहार उपलब्ध गराएको बताउनुभयो । वडाध्यक्ष पौडेलले आगामी दिनमा पनि सुत्केरी आमा र शिशुको स्वास्थ्यलाई मध्येनजर गरि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै वडाध्यक्ष पौडेलले कृषी उत्पादन बढाउन वडा विगतदेखि नै लागी परेको र सोही अनुरुप कृषकहरुलाई गहुँको विउ वितरण गरेको बताउनुभयो ।








