गृहपृष्ठ Featured बाणगंगाको चारनम्बरमा नि:शुल्क मधुमेह परीक्षण शिविर

बाणगंगाको चारनम्बरमा नि:शुल्क मधुमेह परीक्षण शिविर

कपिलवस्तु : बाणगंगाको चारनम्बरमा निशुल्क मधुमेह परीक्षण शिविर गरिएको छ । लायन्स क्लव अफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तु र लायन्स क्लव अफ कपिलवस्तु ‘दिदीबहिनी’ को संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो । डाक्टरको परामर्श सहित गरिएको उक्त शिविरबाट दुई सय जना बढी मधुमेह रोगका विरामी लाभान्वित भएका छन् । मानव अधिकारको क्षेत्रमा निरन्तर कार्य गर्दै आईरहेका यी क्लवहरुले आगामी दिनमा पनि यस्ता मानवीय गर्दै जाने लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भूसालले बताउनुभयो ।

सहरीया जीवनशैलीका कारण पनि हुने मधुमेह रोगको अवस्था व्यक्तले निरन्तर जान्नु पर्ने र त्यो अवसर आफुहरुले जुटाएको अध्यक्ष भूसालको भनाई छ । समाजमा स्वस्थ्य व्यक्तीको उत्पादन राष्ट्रको चाहाना हुने गरेको र त्यो हासिल गर्न आफुहरुको भूमिका निरन्तर रहेने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

समाजमा यस्ता स्वास्थ्य शिविरले सकारात्मक सन्देश प्रभाव गर्ने कार्यक्रमका संयोजक राम बहादुर पौडेल क्षेत्री विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रम मेडिकेयर पोलिक्लिनिक बुटवलकोे प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार