गृहपृष्ठ Featured कपिलवस्तुको मायादेवी गाउँपालिका किसानहरुको घाउमा मलम लगाउँदै

कपिलवस्तुको मायादेवी गाउँपालिका किसानहरुको घाउमा मलम लगाउँदै

शत्रुघन खरविन्द(कपिलवस्तु) : कपिलवस्तुको मायादेबी गाउँपालिकाले दैबि प्रकोपबाट पिडित किसानहरुको घाउमा मलहम लगाउने कार्य गरेको छ ।अबिरल बर्षा तथा दैबि प्रकोपका कारणले घर, बालीनाली, माछा चौपयालाई क्षती भएको किसानहरुलाई क्षति अनुसारको सक्दो राहत स्वरुप सम्बोधन गरेको छ ।

पालिकाले २०७८ भादौ २० गते प्रकाशन गरेको सुचना अनुसार धानबालीमा बर्षाले क्षति पुर्याएका किसानहरुलाई राहत स्वरुप पालिकाले आन्तरिक श्रोत बाट प्रतिकिसान ४० किलो दरले गहुँ राहत दिएको हो । बिजया , एन.एल,भृकुटी र आदित्य जातको गहुँ पिडित किसानहरुलाई बितरण गरिएको कुरा मायादेबी कृषि सेवा शाखाका कृषि प्राबिधिक बाल कृष्ण बरईले बताउनु भएको छ ।

उक्त राहत पालिका भित्रका वास्तविक पिडित २ सय ५३ जना किसानहरुलाई बितरण गरिएको हो ।

सम्बन्धित् समाचार