वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १० मा एक महिला मृत फेला परेकी छन । महिलाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । ती महिलाको हात बाधेको अवस्थामा उनकै घरमा शव भेटीएको हो ।
बाणगंगा वडा नः १० सोनपुर बस्ने बर्ष ६० की यशोदा लोनिया (एकल महिला) बिहानबाट घर भन्दा बाहिर नआएपछि स्थानियले सो घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
उनी घरमा एक्लै बस्दै आएकी थिइन । घटनाबारे थप अनुसन्धान भईरहेको र घटना शंकास्पद रहेकाले भोली कुकुरको सहायताले अनुसन्धान अगाडी बढाइने जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।








