गृहपृष्ठ Featured अजम्मरी सामुदायिक वनको पहिलो साधारण सभा सम्पन्न

अजम्मरी सामुदायिक वनको पहिलो साधारण सभा सम्पन्न

कपिलवस्तु : अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सप्पन्न भएको छ । सोमबार (आज) शिवराज नगरपालिका वडा नम्बर ९ को बिजगौरीमा अवस्थित सुर्यमुखी युवा क्लबको भवनमा वनको पहिलो साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वनका अध्यक्ष सुकमया बिश्वकर्मले मानव जिवनसंग प्रत्यक्ष जोडिएको बन सबै मिलेर जोगाउनु पर्ने बताउनु भयो । सबै जिम्मेवार भए वन आफै जोगिने भन्दै अध्यक्ष विश्वकर्माले मुठ्ठी भर घास राम्रो हुन्छ भनेर डडेलो लगाउने, घाँस दाउरा चाहियो भन्दै वन बिनाश गर्ने प्रवृति भएका केही ब्याक्तीले गर्दा आम उपभोक्ताले दुख पाउने गरेको बताउनु भयो ।

कोही उपभोक्तालाई पनि दुख नहोस् भनेर सव डिभिजन बनसंग सहकार्य गरेर सबै उपभोक्ताको आवश्यकतालाई उपलब्ध गराउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । सब डिभिजन बनका अधिकृत अजय मिश्रले ब्यानर खोलेर र वृक्ष रोपण गरेर कार्यक्रमको उट्घाटन गर्नुभएको थियो ।

सम्बन्धित् समाचार