अशोक पौडेल : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ की अध्यक्ष बाल कुमारी अधिकारी (पन्थ)ले महिला हिंसा हुन नदिन महिला आफै ब्यवसायिक हुन आवश्यक रहेको बताउनु भएको छ ।
वडा कार्यालयमा ३ महिने सिलाई कटाई तालिममा बोल्दै अधिकारीले महिला आफै ब्यवसायिक भए अरुको भरमा बस्न नपर्ने जसका कारण महिला सक्षम भई आम्दानी गर्नसके पनि महिला हिंसा कम हुने उहाँले बताउनु भयो ।
वडा भित्रका २२ जना महिलाहरुले अवको ३ महिनासम्म निशुल्क वडाबाट सिलाई कटाई तालिम लिन पाउने छन । कार्यक्रम पुना बुढा मगरको अध्यक्षता, वडा अध्यक्ष बाल कुमारी अधिकारी (पन्थ)को प्रमुख आतिथ्यता, वडा सचिव गोबिन्द आचार्यको सञ्चालन तथा सहजकर्ता गोमा न्यौपानेको स्वागतमा सम्पन्न भएको थियो ।
सो अवसरमा जितपुर टोल बिकास समितिका अध्यक्ष कृष्ण चालिसे, एकल महिला हरिकला कडेल लगायतले आआफनो धारणा राख्नु भएको थियो ।
साथै सोही अवसरमा महलिा तथा एकल महिलाका लागी सञ्चालन गरिने मोतिमाला बनाउने तालिमका लागी हरिकला कडेलको अध्यक्षतामा ७ सदस्य समिति समेत गठन गरिएको छ ।








