गृहपृष्ठ Featured शिवराज- ३ मा ढकिया निर्माण सम्बन्धि २० दिने तालिमको समापन

शिवराज- ३ मा ढकिया निर्माण सम्बन्धि २० दिने तालिमको समापन

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ मदवामा ढकिया निर्माण सम्बधि तालिम समापन गरिएको छ । शिवराज नगरपालिका वडा न. ३ को सहयोग तथा किर्डाक नेपालको समन्वयमा गुराँस स्वावलम्बन समुहको आयोजनामा आज बुधबार एक कार्यक्रकाबिच उक्त तालिमको समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गदै शिवराज नगरपालिका नगर उपप्रमुख शिव कुमारी थारुले तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गर्दै दिगो रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । उपप्रमुख थारुले ढकिया निर्माणमा मेहनत लागे पनि दिगो रुपमा अगाडि बढाउन सकेमा आर्य आर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै उहाँले यसबाट थारु संस्कृतिको पनि पहचान हुने बताउनु भयो । यस्तै शिवराज नगरपालिका वडा न. ३ का वडाअध्यक्ष टेकलाल सापकोटाले महिलाहरुलाई शसंक्त रुपमा आर्य आर्जनका लागी सक्षम बनाउन उद्धेश्यले यस्ता तालिम दिदै आएको बताउनु भयो । वडाध्यक्ष सापकोटाले तालिममा सिकेका सिपलाई सदुपयोग गर्दै कसरी आर्य आर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन सहभागिलाई आग्रह गर्नुभयो ।

साथै किर्डाक नेपालले बिभिन्न संवाद क्लव गठन गदै समाज परिवर्तन गर्ने खालका शिक्षा, सिपमुलक तालिम प्रदान गदै आएको पनि बताउनु भयो । २५ जनाको सहभागीता रहेको उक्त तालिम २० दिन सम्म सन्चालन भएको किर्डाक नेपाल सामुदायिक विकास सहजकर्ता सुशिला रायमाझीले बताउनुभयो ।

सम्बन्धित् समाचार