गृहपृष्ठ Featured एसियन सेन्ट्रल जोन महिला भलिबल : १५ सदस्यीय टोलीको छनोट

एसियन सेन्ट्रल जोन महिला भलिबल : १५ सदस्यीय टोलीको छनोट

काठमाडौं : एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपका लागि १५ सदस्यीय महिला टोलीको छनोट भएको छ। यसअघि प्रशिक्षणमा रहेका २० जना खेलाडीमध्ये नेपाल भलिबल संघले अन्तिम १५ जनाको नाम सार्वजनिक गरेको हो।

प्रतियोगिता बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म हुनेछ। यसअघिको सेन्ट्रल जोनमा महिलातर्फ नेपालले उपाधि जितेको थियो।

पुरुषतर्फ भने भोली खेलाडीहरुको नामावली सार्वजनिक गरिने भलिबल संघले जनाएको छ।

छनोट भएका खेलाडीहरु

प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषा कुमारी चौधरी, अरुणा शाही, क्रिपा अधिकारी, कामना बिष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, सरस्वती जैशी

सम्बन्धित् समाचार