सागर वि.क. (वैखरी अनलाईन) : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीले पद तथा गोपनीयताको सपथ लिएका छन्।
आइतबार राष्ट्रिय सभामा आयोजित प्रमाण पत्र वितरण तथा सपथ ग्रहण समारोहमा कपिलवस्तुका रायमाझीले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझीले अबका दिनमा पार्टीलाई कपिलवस्तुसहित देशभर थप शसक्त ढङ्गले अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले पार्टीका मूल्य मान्यतालाई आत्मासात गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने समेत दाबी गरे ।








