गृहपृष्ठ Featured कांग्रेस प्रदेश १ को सभापतिमा पराजित घिमिरेले गरे पुनः मतगणनाको माग

कांग्रेस प्रदेश १ को सभापतिमा पराजित घिमिरेले गरे पुनः मतगणनाको माग

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा पराजित बनेपछि नेता गुरुराज घिमिरेले पुनः मतगणना हुनुपर्ने माग राखेका छन्। संस्थापनइतर समूहका घिमिरे संस्थापन पक्षका उद्धव थापासँग झिनो मतान्तरले पराजित भएका हुन्। मतपरिणाम चित्त नबुझेको भन्दै घिमिरेले पुनः मतगणनाको माग राखेर केन्द्रीय निर्वाचन र प्रदेश निर्वाचन समितिमा निवेदन दिएका छन्।

घिमिरले मतपरिणाम चित्त नबुझेपछि अर्को पटक गणनाको माग गरिएको जानकारी दिए। उनी थापासँग २ मतअन्तरले मात्रै पराजित भएका हुन्। ८ सय ४४ मत ल्याएर प्रदेश १ को पार्टी सभापतिमा थापा विजयी बनिरहँदा घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका थापालाई संस्थापन पक्ष एवं पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट घिमिरेलाई डा। शेखर कोइराला लगायतले साथ दिएका थिए।

सम्बन्धित् समाचार