गृहपृष्ठ Featured रूपन्देहीमा भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान बरामद

रूपन्देहीमा भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान बरामद

रूपन्देही : भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बुधबार बिहान ४ बजे एउटा बलेरोबाट उक्त बराबरको सामान बरामद गरेको हो।

ओमसतिया गाउँपालिका-४ बालापुरबाट लु१ज ४०१२ नम्बरको बलेरो जिपबाट भन्सार छलेको सामान बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।

उक्त बलेरोका चालक ओमसतिया-५ का ३२ वर्षीय परदेशीप्रसाद सहनीलाई प्रहरी नियन्त्रणमा लिएको छ। बरामद सामानमा लेडिज सुट, मेसिनरी उपकरणका पार्टपुर्जालगायत छन्। गाडी र बरामद सामान भन्सार कार्यालय पठाइएको छ।

प्रहरीले तीन दिनअघि पनि भन्सार छलेर ल्याइएको १८ लाख रुपैयाँ बराबरको जुत्ता बरामद गरेको थियो। भन्सार चोरी पैठारीमाथि आक्रामक कारबाही भइरहेको केसीले बताए।

सम्बन्धित् समाचार