गृहपृष्ठ Featured काँग्रेस महाधिवेशनको उद्घाटन आज, यस्तो छ कार्यसूची

काँग्रेस महाधिवेशनको उद्घाटन आज, यस्तो छ कार्यसूची

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार (आज) हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा  महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए। कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाट्नमा रहने उनले बताए।

 

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने भएको छ । भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेको काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

सम्बन्धित् समाचार