गृहपृष्ठ Featured देउवाको लिस्टमा परे कपिलवस्तुका शाह, केन्द्रिय सदस्यमा भिडदैँ

देउवाको लिस्टमा परे कपिलवस्तुका शाह, केन्द्रिय सदस्यमा भिडदैँ

वैखरी अनलाइन

नेपाली कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका शाहले मधेसीतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेछन् ।

कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका शाह युवाहरूका बीच लोकप्रिय मानिन्छन् । सानै उमेरमा नेता शाह कपिलवस्तुबाट निरन्तर तीन पटक प्रतिनिधि सभामा सांसद पदमा निर्वाचित भएका छन् ।

उनी देउवा निकट नेता मानिन्छन । कपिलवस्तुबाट केन्द्रिय सदस्यको लिस्टमा पर्ने उनी एक मात्र उमेद्धवार रहेका छन ।

सम्बन्धित् समाचार