गृहपृष्ठ Featured हृदयेश त्रिपाठीले घोषणा गर्ने जनता प्रगतिशील पार्टीमा कपिलवस्तुका वृजेशकुमार गुप्ता पनि !

हृदयेश त्रिपाठीले घोषणा गर्ने जनता प्रगतिशील पार्टीमा कपिलवस्तुका वृजेशकुमार गुप्ता पनि !

काठमाडौं : पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने भएका छन्। उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन् । पार्टीको घोषणा मंगलबार काठमाडौंमा एउटा कार्यक्रम गर्ने बताईएको छ । उनको पार्टीमा अर्का सांसद वृजेशकुमार गुप्ता पनि छन् ।

२०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । गुप्ताले पनि एमालेकै सूर्य चिन्हमा कपिलवस्तुबाट चुनाव जितेका थिए ।

यी दुबै जना कानुनी रूपमा एमाले सांसद भए पनि उनीहरू पार्टीका गतिविधि सक्रिय थिएनन्। उनीहरूले स्वतन्त्र राजनीतिक समूह बनाएर काम गरिरहेका थिए ।

सम्बन्धित् समाचार