गृहपृष्ठ Featured देउवालाई शेखरले भने- ‘नेतृत्व परिवर्तन हुन्छ हुन्छ’

देउवालाई शेखरले भने- ‘नेतृत्व परिवर्तन हुन्छ हुन्छ’

काठमाडौंः नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले गतिशिल कांग्रेस बनाउन आफ्नो पक्षलाई विजयी गराउन अपिल गरेका छन्। मतदान हुनुपूर्व पत्रकार सम्मेलन गर्दै कोइरालाले भने, ‘यो सरकारलाई अझ मजबुत बनाउने प्रयास यो नेतृत्वले गर्ने छ। नेतृत्व परिवर्तन हुन्छ हुन्छ।’

उनले प्रधानमन्त्रीसमेत रहेका देउवालाई जवाफसमेत फर्काए। ‘देउवाजीले सभापतिमा हारे सत्ता गठबन्धन पनि टुट्छ भन्नुभएछ। तर म उहाँलाई भन्न चाहन्छ, नेतृत्व परिवर्तन हुन्छ, हुन्छ,’ उनले भने।

यसअघि देउवाले आफू सभापतिमा हारे प्रधानमन्त्रीबाट हटाउँछन् भन्दै आफूलाई जिताउन प्रतिनिधिहरुमाझ अपिल गरेका थिए।

उनले भागबण्डा र गुटबन्दी रहितको नेपाली कांग्रेस बनाइने बताए। तीनवटै निर्वाचनमा विजयी हासिल गराउन लागिपर्ने उनले बताए।

उनले भने, ‘संविधानलाई सुदृढ गरेर अघि बढ्छौं। अनुभव र ऊर्जासहितको नेपाली कांग्रेस बनाउन गइरहेका छौं। गतिशिल कांग्रेस बनाउने हाम्रो सोँच छ। भातृ संस्थालाई सुदृढ गर्ने जिम्मेवारी हाम्रो काँधमा छ।’

सम्बन्धित् समाचार