गृहपृष्ठ Featured किरणको क्लबले जित्यो च्यारिटी शिल्ड 

किरणको क्लबले जित्यो च्यारिटी शिल्ड 

काठमाडौँ : नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ समावेश मजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले माल्दिभ्सको च्यारिटी शिल्ड जितेको छ । नयाँ सिजनको पहिलो खेलमा बुधबार मजियाले ५–० ले क्लब भ्यालेन्सियाको चुनौती पन्छाउँदै उपाधि जितेको हो ।

माल्दिभ्सको माथिल्लो श्रेणीको धिवेही प्रिमियर लिग च्याम्पियन मजियाले कीर्तिमान चौथोपल्ट च्यारिटी शिल्डको उपाधि कब्जा गरेको हो ।

साफ च्याम्पियनसिप २०२१ को उपविजेता नेपाली टिमको नेतृत्व गरेका किरण त्यसपछि माल्दिभियन क्लबमा आबद्ध भएका हुन् ।

सम्बन्धित् समाचार