वैखरी अनलाईन : लुम्बिनि प्रदेशको कपिलवस्तुबाट सञ्चालित वैखरी अनलाइन मिडियाको कार्यकारी सम्पादकको जिम्मा सागर वि.क.ले पाएका छन् । बिगत ५ बर्षबाट सक्रिय र निष्पक्ष पत्रकारका रुपमा परिचित वि.क.ले वैखरी अनलाइन मिडियाको कार्यकारी सम्पादकको जिम्मेवारी पाएका हुन् ।
कपिलवस्तु जिल्लालाई कार्य क्षेत्र बनाई काम गरेका वि.क.जिल्लामा निष्पक्ष र स्वतन्त्र पत्रकारका रुपमा परिचित छन् ।
कपिलवस्तु जिल्लामा रही बिभिन्न सञ्चार माध्यममा प्रमुखको भुमिका समेत निर्वाह गरेका वि.क.ले वैखरी अनलाइन मिडियाको कार्यकारी सम्पादकको जिम्मेवारी पाएका हुन् ।
वि.क.को सहभागिता र साथले वैखरीले थप उचाई हासिल गर्ने प्रधान सम्पादक अशोक पौडेलले बिश्वास लिएका छन् ।








