गृहपृष्ठ Featured गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानको समय केही पर सर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानको समय केही पर सर्ने

बुटवल, पुस २ : नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानको समय केही पर सर्ने भएको छ । उडानको जिम्मा लिएको एरो थाई कम्पनीले नागरिक उडड्यन प्राधिकरणलाई मङ्सिर ६ गते सम्पर्कमा आएर आवश्यक प्रक्रियाका काम शुरु गर्ने जनाए पनि हालसम्म सम्पर्क नभएका उडान मिति पर सर्ने भएको हो ।

एरो थाई कम्पनीले क्यालिब्रेसन उडानका लागि काम शुरु गर्न आउने मितिको जानकारी दिए पनि सम्पर्कमा नआएको र थप जानकारी नभएका कारण ढिलाई हुने भएको प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

उडानका लागि आवशयक अन्य विद्युतीकरण तथा उपकरण जडानको काम धमाधम भई रहेकाले उडान गर्न अझै केही महिना लाग्ने उनले बताए ।

सम्बन्धित् समाचार