कपिलवस्तु : नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुले नयाँ प्राप्त गरेको छ । आज(शनिबार) भएको अधिवेशनमा ७६ मत खसेको र सुन्दर पाण्डेले ५३ मत पाएर अध्यक्षमा विजयी हुनु भएको बताइएको छ भने वासुदेव घिमिरेले २३ मत मात्र पाउनु भएको छ । प्याब्सन जिल्ला अध्यक्षका लागि होराइजन आवासिय मावि सिद्धिपुरका प्राचार्य बासुदेब घिमिरे र लिटिल स्टार बोर्डिङ स्कुल ओदारीका प्राचार्य सुन्दर पाण्डेको बीच प्रतिस्पर्धा भएकोमा पाण्डेले फराकिलो मतान्तरण जित हासिल गरेर अध्यक्ष बन्नु भएको हो ।
हाल नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुमा ७९ जना सदस्य रहेकोमा ७६ मत खसेको थियो । प्रतिशतमा हेर्दा निर्वाचित हुनुभएको पाण्डेले पाएको मत ७० प्रतिशत हो भने घिमिरेले ३० प्रतिशत मात्र मत पाउनु भएको छ ।
पाण्डे निर्वमान समितीको उपाध्यक्ष हुनुहुन्थ्यो भने घिमिरे यस अघिको अधिबेशनमा समेत अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित हुनु भएको थियो । अधिवेशनले प्याब्सनको नयाँ नेतृत्वको टीम समेत चयन गरेको छ ।
जसअनुसार उपाध्यक्षमा तोयनाथ गैरे र सचिवमा दिपक प्रसाद भुसाल विजयी हुनु भएको छ । उहाहरुसंग प्रतिस्पर्धा गरेका राजु अधिकारी र विजय कुमार गुप्ता भने झिनो मतान्तरमा पराजित हुनु भएको छ ।







