गृहपृष्ठ Featured कपिलवस्तुलाई औधोगिक सहरको रुपमा विकास गरेर लान्छौ- ओली

कपिलवस्तुलाई औधोगिक सहरको रुपमा विकास गरेर लान्छौ- ओली

कपिलवस्तु : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। कपिलवस्तुको बहादुरगंजमा आज मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले भारतलाई पानी दिन नसकिने बताएका हुन् । एमालेलेमात्रै देश बनाउने दाबी गर्दै ओलीले कपिलवस्तुमा कृषि सिचाइँको लागि अब नौमुरे योजना छिट्टै सुरु हुने समेत बताए ।

उनले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको समेत दाबी गरे । कपिलवस्तुलाई औधोगिक सरहको रुपमा विकास गरेर लाने आलीले उद्घोष समेत गरे ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले एमाले चुनावमा जान नडराएको बताए। पोखरेलले केपी ओली सरकार भएको समय विकासको लहर चलेको दाबी समेत गरे । सोही कार्यक्रममा कपिलवस्तुका जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता एमालेमा प्रवेश गरेका थिए ।

आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको मगंल प्रसाद गुप्ताले बताए । नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६ हजार भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको जानकारी दिए ।

सम्बन्धित् समाचार